INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पीडितका जेठाजुलाई पुस ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर १९ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।

पीडितका अनुसार जेठाजुले काम छ भनेर बोलाएर बलात्कार प्रयास गरेकोले न्यायकालागि प्रहरीमा उजुरी दिएकोे बताउनु भयो ।

उजुरीका आधारमा कारबाही अगाडि बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २९ गते गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

यसैगरी, २१ बर्षीया बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मकवापुर जिल्ला स्थायी घरभई बुटवल उपमनपा४ आदर्शनगर बस्ने २९ वर्षीय राजेश गौतमलाई पुस ७ गते घरबाटै गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस ६ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ६ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार समस्तीपुर ठाना स्थायी घरभई तिलोत्तमा नपा७ मोर्डन राइस एण्ड चिउरा मिलमा कार्यरत २४ वर्षीय मरजीत महत्तोलाई पुस ७ गते तिलोत्तमाबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले बालिका मङ्सिर २८ गते बलताकार गरेको भन्दै पीडित पक्षले पुस ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा कारवाही अगाडि बढाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले फोन मार्फत बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।

 

अन्य

भिडियो