INSEC Online

📅 २०८३ जेष्ठ २१

भोकै विद्यालय जाने बालबालिकाहरूलाई सहयोग प्राप्त

बेनिघाट रोराङ गाउँपालिका–१० डुक्राङ्ग स्थित जोगिमारा आधारभुत विद्यालयका बालबालिकालाई कोयोन नेपाल नामक संस्थाले ०७९ पुस २ गते खाद्यन्न सहित विद्यालय पोसाक व्यवस्थाका लागि नगद सहयोग उपलब्ध गराएको छ।

स्थानीय अभिभावकसँग खाद्यन्न अभाव हुँदा चेपाङ समूदायका बालबालिका भोकै विद्यालय  जान बाध्य बालबिलकाका लागि कोयोन नेपालले  विद्यालयमा पुगेर सहयोग उपलबध गराइएको हो ।

इन्सेकअनलाइनमा ०७९ भदौ २९ गते “खानेकुरा अभावमा भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका” शिर्षकमा समाचार प्रकाशन भएपछि गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया र उपाध्यक्ष टापबहादुर श्रेष्ठ विद्यालयमा पुगेर चेपाङ समुदायको शैक्षिक सुधारका लागि केही काम गरिने बताउनुभएको थियो । 

कोयोन नेपालले एक वर्षको लागि मासिक ५० हजारका दरले रकम उपलब्ध गराउने प्रतिवद्धता अनुसार पुस महिनाको लागि रु ५० हजार हस्तान्तरण गरिएको छ । 

कोयोन नेपालले सो विद्यालयमा रहेका ४० विद्यार्थीहरूलाई जुत्ता समेत उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक योबकुमारी मरहट्ठाले बताउनुभयो । 

बिहान खाना र दिउँसो खाजा खुवाउने गरी रकम प्राप्त भएपछि विद्यार्थी नियमित विद्यालय आउने अपेक्षा राखेको र हाल विद्यालयमा ३१ जना विद्यार्थी रहेको प्रधानाध्यापक मरहट्ठाले जानकारी दिनुभएको थियो ।

विद्यालयलाई नगद हस्तान्तरण कार्यक्रम सुरू भएसँगै चेपाङ बालबालिकालाई विद्यालयमा खाना बनाएर खुवाउन थालिएको विद्यालयले जनाएको छ ।

अति गरिबीमा बाँचिरहेका चेपाङ समूदाय बसोबास गर्ने डुक्राङका बालबालिकाका अभिभावक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

Dukrang support1

Dukrang supporta

Dukrang support

अन्य

भिडियो