INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

समचार सम्प्रेषण गरेको बिषयलाई आधार बनाएर सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासङ्घकी केन्द्रिय सदस्य सुष्मा पौडेलले जेठ १० गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएकी छन् ।

फेसबुकमा “कार्की कार्की” नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरामा कार्यरत पत्रकार सुष्मालाई स्थानीय तहको मतगणनाको विषयमा समचार सम्प्रेषण गरेकै आधारमा ज्यान मार्ने धम्की दिएको पीडित पत्रकारले बताइन् ।

पत्रकारको सुरक्षा र आरोपितलाई पत्ता लगाई कारबाही गरीपाँउ भन्दै पौडेलले प्रहरीमा जेठ १० गते उजुरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्कबहादुर खत्रीका अनुसार आरोपितको खोजी कार्य सुरु गरिएको छ । उनले साइबर क्राइमसम्बन्धी उजुरी भएकोले निवेदनलाइ महानगरीय प्रहरी परिसर काठमाडौँमा थप अनुसन्धानको लागि पठाउने तयारी गरेको बताए ।

अन्य

भिडियो