१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले लुम्बिनी साँस्कृतिक नगरपालिका–२ केउटलियाका २६ वर्षीय फिरोज धुनिया विरूद्ध मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले असोज २ गते बलात्कार गरेको भन्दै मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएको र आरोपित फरार रहेकाले खाजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजगंज कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको छ ।