३३ वर्षीया, ४७ वर्षीया र ३८ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा बेलहिया नाकाबाट जेठ ६ गते साँझ तीन जना महिलाको उद्धार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । आरोपितद्वय कपिलवस्तु नगरपालिका-४ की २६ वर्षीया स्वस्तिका राना र बुटवल उपमहानगरपालिका-५ का ४५ वर्षीय निर्मल श्रीष रहेको प्रहरीले जनाएको छ ।
दुवई जान हिँडेका महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएकोले बेचबिखनका लागि लैजान थालेको दुवई पठाउने भन्ने बहाना मात्र भएकोले जेठ ७ गते मानव बेचबिखन तथा ओसार-पसारसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सई यमबहादुर बोहोराले बताए ।