INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण खाँणविरूद्ध उजुरी

रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण विरूद्ध बहु विवाहमा संलग्न रहेको आरोपमा उम्मेदवारी खारेज गर्नुपर्ने माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, रुपन्देहीमा मङ्सिर १ गते उजुरी दर्ता भएको छ ।

पाँचदलीय गठबन्धनका उम्मेदवार समेत रहेका खाँणविरूद्ध उम्मेदवारी खारेजी सहित कानुनी कारबाहीको माग गर्दै जनताको आयोग महा अभियोग नेपालकी अभियान्ता तारा बरालले प्रमुख निर्वाचन अधिकृतको कार्यालय भैरहवामा उजुरी दर्ता गर्नु भएको हो ।

यसअघि कात्तिक २३ गते निर्वाचन आयोगको कार्यालयमा दर्ता भएको २६९९ दर्ता नम्बरको उजुरीमा  प्रमुख आयुक्तले सम्बन्धित क्षेत्रमा पुगेर उजुरी दर्ता गर्न भनेको भन्दै सोही अनुसार उजुरी दर्ता गर्न रुपन्देही आएर उजुरी दर्ता गराएको जसको दर्ता नं.४१ रहेको अभियन्ता बरालले इन्सेककर्मीसँगको कुराकानीमा बताउनु भयो ।

उजुरी सम्बन्धमा रुपन्देहीका मूख्य निर्वाचन अधिकृत न्यायाधीश कृष्णराम कोइरालाले चुनाव चिन्ह वितरण भइसकेको अवस्थामा उजुरी माथिको छानविन तथा कारबाही गर्न मिल्दैन यो निर्वाचन आयोग काठमाण्डौबाट हुने भएकोले आफूले उजुरी बुझेर आयोगमा पठाइदिने बताउनु भयो ।

मूख्य निर्वाचन अधिकृत न्यायाधीश कोइरालाले उजुरी दिन आउने नाममा प्रवेश गरेर अनुमति नलिइकन फोटो खिचेकाले निर्वाचन आचार संहिता उल्लंघन गरेकोमा सचेत गराएको बताउनु भयो ।

अन्य

भिडियो