चितवन प्रतिनिधि सभा क्षेत्र नं. ३ को प्रदेश २ का उम्मेदवार ठाकुर ढकालले चुनावी प्रचारका क्रममा प्रयोग गर्दै आएको बागमती प्रदेश ०६–००१ य ०००१ नम्बरको स्कार्पियो गाडीमा ०७९ मङ्सिर १ गते बिहान मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले पेट्रोल छर्किएर आगो लगाएका छन् ।
गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको छ ।
माडी नगरपालिका–५ स्थित आफ्नै घरमा पार्किङ गरी राखेको गाडीमा आगो लागेको थाहा पाएलगत्तै पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले जानकारी दिनुभयो । ढकाल सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा माओवादी (केन्द्र) बाट प्रदेश सभा सदस्यको उमेदवार हुन् ।
