१५ वर्षीया बालिका बलात्कार कसुरमा जिल्ला अदालतका न्यायधीश वासुदेव न्यौपानेको इजलासले कात्तिक २२ गते महानगरपालिका–२९ का २९ वर्षीय गोरे तामाङ भनिने ध्रुब तामाङलाई १० वर्ष कैद सजाय सुनाएको छ ।
अदालतका सूचना अधिकारी इश्वर आचार्यका अनुसार बलात्कारको कसुरमा तामाङलाई १० वर्ष कैद र ५ लाख जरिवाना हुने फैसला भएको हो ।
पीडित बालिकालाई ०७९ साउन १२ गतेदेखि साउन २६ गतेसम्म बिभिन्न स्थानहरूमा लगि विभिन्न समयमा पटक–पटक बलात्कार गरेको भन्दै पीडितको आमाले तामाङविरुद्ध साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
तामाङ प्रहरीले साउन २६ गते गिरफ्तार गरी जिल्ल अदालतको आदेशमा थुनामा गएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरहरी अधिकारीले बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण साउन २६ गते भरतपुर अस्पतालमा गरिएको थियो ।