नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा सैनामैना नगरपालिका–९ का वडा अध्यक्ष भानुभक्त पाण्डे सवार गाडीमा कात्तिक १० गते राती आक्रमण गरेका छन् ।
सैनामैना नपा–९ बाँसगढीबाट तामनगर जाने क्रममा सैनामैना नपा– २ कालिका चोकमा वडा अध्यक्ष पाण्डे सवार गाडीमा मोटरसाईकलमा आएका नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले रोकेर आक्रमण गरेको पाण्डेले बताउनु भयो ।
सैनामैना नपा– २ का ३२ वर्षीय कसिस श्रेष्ठ, सैनामैना नपा–४ का ३५ वर्षीय राजन काला मगर, र सैनामैना नपा–५ का २८ वर्षीय अर्जुन भुसालले आक्रमण गरेको र आक्रमणबाट प्रदेश ३–०१–२३–८४०२ को गाडीको अगाडीको सिसा पूर्णरुपमा फुटेको पाण्डेले बताउनु भयो ।
घटनाका विषयमा इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका इन्सपेक्टर जीवन लामिछानेले आरोपितहरूले बियरको बोतलले हानेर गाडीको शिशा तोडफोड गरेको आरोपितहरू विरुद्ध उजुरी परेको बताउनु भयो ।