INSEC Online

📅 २०८३ जेष्ठ २१

आचारसंहिता विपरित गृहमन्त्रीको चुनाव प्रचारमा नगरप्रमुख खान

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खानले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य पदमा सत्ता गठबन्धनबाट उम्मेदवार गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा निर्वाचन आचार संहिता विपरित भोट माग्दै हिडेका छन् ।

निर्वाचन आचार संहिता २०७९ को दफा ५ मा स्थानीय सरकारका प्रमुखले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्षमा वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने व्यवस्था भए पनि नगर प्रमुख खानले भैरहवाका विभिन्न स्थानमा भोट माग्दै गृहमन्त्री खाँणसँगै घरदैलोमा हिडेका छन् ।

घटनाका विषयमा नगरप्रमुख खानले भने गृहमन्त्रीको घरदैलोको क्रममा भेट भएर फोटो खिचेको तर आफूले उनको पक्षमा भोट नमागेको इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

घटनाका विषयमा निर्वाचन क्षेत्र नं ३ का सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जनप्रतिनिधिले मत माग्न नमिल्ने कसैको उजुरी परेमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । रुपन्देही क्षेत्र नं.३ मा गृहमन्त्री खाँणसँग नेकपा एमालेको समर्थनमा राप्रपाका दीपक बोहराले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

अन्य

भिडियो