INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग

१६ वर्षीया बलात्कारबाट पीडित बालिकालाई इन्सेकले कात्तिक ४ गते आर्थिक सहयोग गरेको छ ।

०७८ चैत १५ गते १७ वर्षीय नातेदारबाट बलात्कृत भएकी बालिकाको सात महिनाको गर्भ रहेको रहेको थियो ।

आर्थिक अवस्था कमजोर भएको, स्वास्थ्य उपचारका र कानुनी उपचारकालागि अदालत आउन  जानसमेत समस्इा रहेको भन्दै इलाका प्रहरी कार्यालय लुम्बिनीले कात्तिक १ गते  सहयोगका लागि इन्सेकलाई सिफारिस गरेको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीको सिफारिसका पीडितलाई इन्सेक प्रतिनिधि रीमा बिसीले १० हजार रूपियाँ हस्तान्तरण गर्नुभएको थियो ।

 

अन्य

भिडियो