INSEC Online

📅 २०८३ श्रावण ५

मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सूरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  कार्यलयको आयोजनामा मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम ०७९ कात्तिक ३ गते धुलिखेलमा सूरु भएको छ ।

इन्सेक जिल्ला प्रतिनिध तथा जिल्ला सहजकर्ताको लागि आधारभूत मानव अधिकार नेपालको संविधानले प्रवाधान गरेको मौलिक अधिकार र प्रतिनिधि सभा तथा प्रदेश सभाको ०७९ मङ्सिर ४ गते हुने निर्वाचनको लागि इन्सेकमा आवद्ध भएर गर्ने निर्वाचन पर्यवेक्षणसम्बन्धी अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो ।

312219773_2059000437629741_210704771696905752_n

कार्यक्रममा इन्सेका अध्यक्ष डाक्टर इन्दिरा श्रेष्ठले वर्सौँदेखि इन्सेकले गर्दै आएको मानव अधिकार अभियानको लक्ष भनेकै पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउनु नै रहेको बताउनु भयो ।

उहाँले वर्ष पुस्तकको महत्व र इन्सेक जिल्ला प्रतिनिधिको कामले पुर्‍याउने सहयोगबारे उल्लेख गर्दै मानव अधिकारको उल्लङ्घन र ज्यादतीका घटनामा पीडितलाई न्याय दिन इन्सेकको अग्रणि भूमिका रहेको बताउनु भयो ।

साथै उहाँले आगामी निर्वाचनको पर्यवेक्षण कार्यमा पर्यवेक्षकले सुक्ष्म निरीक्षण गर्न जानकार हुन आवश्यक रहेकोले यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

312231841_448314257290183_9040670669894937645_n

जिल्ला प्रतिनिधिमार्फत गरिने कार्यको प्रभावकारिता सुदृढ गर्न तथा मानव अधिकार शिक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि जिल्ला सहजकर्ता सहितको यस कार्यक्रमले मानव अधिकार तथा ज्यादतीको अवधारणाका बारेमा बुझाइ र ज्ञानको दायरा सुदृढ गर्ने मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमका प्रमुख श्रीराम बजगाईँले बताउनु भयो ।

उहाँले इन्सेकले गर्ने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको स्थलगत अध्ययन प्रतिवेदनको महत्व र यसले पार्ने दीर्घकालीन महत्वको बारे जानकारी गराउनु भएको थियो ।

इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रमको माध्यमबाट सामाजिक न्यायका निम्ति समग्र लक्ष सहजिकरण गर्ने, न्याय दिलाउने र लोकतन्त्रको स्थायित्व रहेको उहाँले स्पष्ट पार्नु भयो ।

इन्सेकका पूर्व महासचिव तथा प्रध्यापक डाक्टर कुन्दन अर्यालले निर्वाचन पर्यवेक्षण तथा मानव अधिकार अनुगमन र प्रतिवेदन लेखनमा सहजिकरण सहितको प्रस्तुतिकरण गर्नु भएको थियो ।

कार्क्रममा मानव अधिकार प्रलेख तथा पैरवी कार्यक्रमकी सम्झा श्रेष्ठले मानव अधिकारको ऐतिहासिक विकासक्रम तथा संयुक्त राष्ट्रसङ्घ र मानव अधिकार बारे र निर्वाचन पर्यवेक्षण पर्यवेक्षकको भूमिका तथा आचार संहिताको बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो ।

इन्सेकले गर्ने कार्यक्रमको र त्यसको अभिलेखिकरणको महत्व र परियोजनाको उद्देश्यको बारे सहजिकरण गर्नु भएको थियो ।

कार्यक्रममा प्रदेश एक मधेस प्रदेश बागमती प्रदेश र गण्डकी प्रदेशमा कार्यरत प्रदेश कार्यालयका प्रदेश संयोजक प्रलेख अधिकृत कार्यक्रम फोकल पर्सन जिल्ला प्रतिनिधि र जिल्ला सहजकर्ता तथा इन्सेक केन्द्रीय कार्यालयका काय्रक्रम प्रमुख प्रलेख अधिकृत लगायत ७० जना भन्दा बढीको सहभागिता रहेको छ ।

312107924_782565992827689_4783169493650892084_n

अन्य

भिडियो