१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्चवारी गाउँपालिका–६ पिपरहवाका २० वर्षीय अजित नाउँ मुसलमानलाई असोज २३ गते घर गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले असोज २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले असोज २३ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएका थिए ।
आफू दिदीको घरमा गएको बेला आरोपितले यौन दुर्व्यवहार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर तेजबहादु खत्रीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।