INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थितीकी एक बालिकालाई बलात्कार गरेको आरोपमा कपिलबस्तु जिल्ला, बुद्धभुमि नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ मगरगाँउ बस्ने ४० वर्षीय राजु नेपालीलाई प्रहरीले ०७९ असोज ७ गते गिरफ्तार गरेको छ ।

बालिकालाई फकाएर मध्यपुरथिमि नगरपालिका–२ मगरगाँउस्थित आफ्नै कोठामा लगेर असोज ५ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले असोज ६ गते महानगरीय प्रहरी वृत थिमिमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपित नेपालीलाई कोटेश्वरबाट गिरफ्तार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिनु भयो ।

आरोपित नेपाली विरुद्ध प्रहरीले असोज ७ मुद्दा दर्ता गरी आवश्यक थप अनुसन्धान अगाडि बढाएको डिएसपी पाण्डेले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्ष्ण असोज ६ गते भक्तपुर अस्पतालमा गरियो ।

अन्य

भिडियो