INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट गरेको आरोपमा वडाअध्यक्षविरूद्ध उजुरी दर्ता

उमाकुण्ड गाउँपालिका–७ की ३५ वर्षीया केशरीमाया नेवारलाई सोही वडाका वडाअध्यक्ष ४५ वर्षीय रुद्रमणि नेवारले कुटपिट गरेको आरोपमा भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

गाउँमा भदौ २४ गते भएको एक भेलामा वडाध्यक्ष नेवारले केशरीमायालाई कुटपिट गरेको आरोप लगाउँदै वडा अध्यक्षविरुद्ध उजुरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजुप्रसाद ढकालले वडाध्यक्षविरुद्ध पीडित महिलाले उजुरी दर्ता गराएको बताउनु भयो ।

वडाध्यक्ष नेवारलाई यस विषयमा छलफलको लागि भदौ २७ गते प्रहरी कार्यालयमा बोलाइएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो