१९ वर्षीया युवतीलाई मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले ०७९ भदौ २२ गते ४० वर्षीया निरु तिमल्सिनालाई गिरफ्तार गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–१० बसपार्कमा रहेको निहारिका होटल एण्ड लजमा युवतीलाई बन्धक बनाई जीऊमास्ने काममा लगाएको भन्ने सूचनाका आधारमा प्रहरीले भदौ २२ गते होटलमा छापा मारेको थियो ।
प्रहरी तथा मानव अधिकारकर्मीहरूको टोलीले पीडित युवतीलाई उद्धार गरी सुरक्षित आवास गृहमा राखेकोमा भदौ २४ गते आफन्तको जिम्मा लगाएको माइती नेपालकी कार्यक्रम संयोजक माया लामाले बताउनु भयो ।
होटल सञ्चालक निरु तिमल्सिनालाई गिरफ्तार गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा भदौ २३ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेकबहादुर कार्कीले बताउनुभयो ।