INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाको भूमिका विषयक अन्तक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजनामा मानव अधिकार रक्षकको संरक्षण र सम्बर्द्धनमा सरोकारवालाको भूमिका विषयमा अन्तक्रिया भदौ १३ गते पोखरामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा ‘नेपालमा मानव अधिकार रक्षकको संरक्षण, सम्बर्द्धन, सरोकार र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले मानव अधिकारमैत्री कानुन निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवाजविहिनहरूको आवजलाई उजागर गर्न रक्षकको खाँचो औँल्याउनु भयो ।
विभेदकारी मनासय भएको व्यक्ति मानव अधिकार रक्षक हुन नसक्ने भन्दै संयोजक खकुलेलले सबैलाई समेटेर लैजानुपर्ने बताउनु भयो ।
इन्सेकद्वारा मानव अधिकार रक्षकहरूको गरिएका प्रयासबारे स्पष्ट पार्दै उनले जोखिममा रहेकाहरूका लागि तत्काल उद्दार तथा उनीहरूविरुद्ध भएका घटनाहरुको अभिलेख राख्ने जस्ता कार्य गर्दै आइरहेको बताउनु भयो ।
गण्डकी प्रदेशको सन्र्दभमा द्वन्द्वकालको तुलनामा कम जोखिम देखिएपनि उनीहरुले चुनौती तथा व्यवधानहरुको सामना गरिरहनु परेको उहाँको भनाइ छ ।
मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि छुट्टैखालको कानुन निर्माण नहुनु, प्रदेश तथा स्थानीय सरकार मानव अधिकारप्रति संवेदनशील नहुनुले रक्षकहरुका सामु थुपै्र चुनौती रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
अधिकार संरक्षण र सुरक्षाका लागि प्रदेश सरकारले छुट्टै कानुन र संयन्त्र निर्माण गर्न पहल गर्नुपर्नेमा उहाँको जोड थियो । नागरिकका अधिकार कुण्ठित भएमा कानुनी प्रक्रियामा जानुपर्ने उहाँले बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग गण्डकीका निर्देशक चन्द्रकान्त चापागाईंले सशस्त्र द्वन्द्व, जनआन्दोलन, भुकम्प, कोभिड तथा अन्य समयमा आयोगले विभिन्न संघसंस्थाहरुको सहकार्यमा अनुगमन गर्दै आइरहेको बताउनु भयो ।
मानव अधिकार रक्षकहरुको संरक्षण र सम्बद्र्धनप्रति आयोग प्रतिबद्ध रहेको उहाँको भनाइ छ । सही र गलत छुट्याउन सक्ने क्षमता मानव अधिकार रक्षकहरुमा हुनुपर्नेमा उहाँले बताउनु भयो ।
नेपाल बार एशोसियसन केन्द्रीय उपाध्यक्ष आशा राईले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनालाई राजनीतिकरण हुन नहुने बताउनु भयो । उहाँले मानव अधिकार रक्षकले सदैव न्यायको पक्षमा आफुलाई उभ्याउनुपर्ने भनाई राख्नु भयो ।
एकल मात्रै नभई संयुक्त रुपमा सबै मानव अधिकार रक्षकहरु न्यायका लागि सक्रियतापूर्वक लाग्नुपर्ने उहाँको भनाइ थियो ।
अधिवक्ता कुञ्जनी परियार प्यासीले मानव अधिकार रक्षकसम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्र तथा सुरक्षा संरक्षण गर्ने आदेशसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै मानव अधिकारको संरक्षण गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनु भयो ।
अधिवक्ता विनिता नेपालीले मानव अधिकार रक्षक स्वतन्त्र र निष्पक्ष हुनुका साथै मौलिकहकहरु कार्यान्वयनका लागि राज्यलाई दबाब दिनुपर्नेमा जोड दिनु भयो ।
नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले मानव अधिकार, शान्ति र न्यायका क्षेत्रमा इन्सेक क्रियाशील रहँदै आएको उल्लेख गर्दै महासंघले सहकार्य गर्ने बताउनु भयो ।
उहाँले मुलुकमा सुशासन कायमा नभए सम्म मानव अधिकारको सुनिश्चिता नहुने भन्दै सञ्चारकर्मीहरुले निर्वाधरुपमा कलम चलाउन सक्ने वातावरणको सिर्जना हुनुपर्ने बताउनु भयो ।
समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारहरुलाई धम्की आउने गरेको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।
नौलो बिहानी पोखराकी प्रमुख रजनी थकालीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू बढी विभेदमा परेको गुनासो गर्नु भयो ।
कार्यक्रममा मानव अधिकार रक्षक संरक्षण तथा प्रवर्धन केन्द्रका कार्यवाहक अध्यक्ष ढाकाराम पौडेलले मानव अधिकार रक्षकको पहिचान गर्न कठिन भएको भन्दै राज्यले मानव अधिकार रक्षकको पहिचान गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकीका अध्यक्ष खोमराज शर्माले मानव अधिकार रक्षकहरूले फराकिलो सोच राखेर काम गर्नुपर्ने भनाइ राख्नु भयो ।
हुर्जा कास्कीका अध्यक्ष असफल गौतमले नीतिमा भएका व्यबस्था अनुरुप अवस्था परिर्वतन हुन नसकेको बताउनु भयो ।

photo20220829kaski

अन्य

भिडियो