१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर भुजले साउन २३ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले साउन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भयो ।
स्थानीय गाउँमा मेला हेरेर घर फर्किने क्रममा आरोपितहरू बलात्कार गरेको पीडितकी आमाले बताउनु भयो ।
गाउँमा मुस्लिमहरूको मेला लागेको र मेला हेरेर घर फर्किने क्रममा बाटोमा दुई जनाले लतार्दै लगेर बलात्कार गरेको र कसैलाई नभन्न धक्की दिएको पीडितल बताउनु भयो ।
उजुरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढाएको र घटनामा सङ्लग्न अर्का आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते भीम अस्पताल, भैरहवामा गरिएको छ ।