INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते

अज्ञात पक्षको गोली प्रहारबाट सिद्धार्थनगर नगरपालिका– १ बेलहियाका २५ वर्षीय विकास गुरूङ घाइते भएका छन् ।

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहमा आएका व्यक्तिहरू ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा साउन ३० गते गुरूङ माथि गोली प्रहार गरेका थिए ।

मोटरसाइकलमा  सवार गुरुङमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।

घाइतेको पेटको बायाँतर्फ गोली लागेकाले युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपितहरूको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीले बताउनु भयो ।

अन्य

भिडियो