१९ वर्षीया युवतीलाई बलत्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला बगनासकाली गाउँपालिका–६ का ३७ वर्षीय विकास थापा भनिने कुलबहादुर बराललाई साउन २४ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर बुटवल उपाहानपा–९ होटल नमोबुद्धमा साउन २३ बलत्कार गरेको भन्दै पीडितले साउन २४ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।
आफू भारतीय सेना भएको र मन पराएको भनी भेटन बोलाएर साउन ९ गते बलात्कार गरेको र फोटो खिचेर कसैलाई भने समाजिक सञ्जालमा राख्ने धम्की दिएको पीडितले बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन २४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।