शारिरीक अपाङ्गता भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाँउपालिका–७ का १९ वर्षीय यमन सिवालाई साउन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०७९ असार ३२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
बालिकालाई असार ३२ गते राति बलात्कार गरेको आरोपमा आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको पीडित बालिकाका बाबुले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन ४ गते गरिएको छ ।