१५ वर्षीया बालिकालाई बलात्कार गरी आत्महत्या दुरुत्साहन गरेको आरोपमा प्रहरीले बुटवल उपमनपा–३ बमघाटका २० वर्षीय असिम श्रेष्ठ र गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५ घर भई बुटवल उपमनपा–३ गोलपार्कस्थित गोलपार्क होटल एण्ड लजका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई असार २९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
एसइइ दिंदा चिनजान भएका स्कुटीमा बसेर गएको र पीडितलाई आरोपितले असार २५ गते गोलपार्कस्थित गोलपार्क होटल एण्ड लजमा लगेको र असार २६ गते भित्रबाट ढोका बन्द गरी झुण्डिएको अवस्थामा भेट्टीए पछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
युवकको कुनै पनि परिचय होटल सञ्चालकले नराखेको नलिएको, होटलमा बसेका पाहुनाको जानकारी नराखेको, सिसिटिभी क्यामरा नजोडिएकोले सञ्चालकको लापरवाही भएकोले होटल सञ्चालकलाई पनि कारबाहीको माग गर्दै मृतकका बुबाले असार २९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भयो ।
उजुरीका आधारमा आरोपित श्रेष्ठ र होटल सञ्चालक अर्याललाई गिरफ्तार गरी कारबाही अगाडि बढाएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
मृतककी फुपुले बालिकालाई विभिन्न प्रलोभन देखाएर बलात्कार गरी मर्न बाध्य पारिएकोले आरोपितलाई हदैसम्मको कारबाही हुनुपर्ने बताउनु भयो ।
शवको पोष्टमार्टम असार २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवल शव लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।