१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–३ मुर्गीयाका ५२ वर्षीय मइते थापालाई असार ५ गते सैनामैनाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख २६ गतेदेखि पटक पटक बलात्कार गरेको र गर्भ बसेपछि औषधि खुवाएर गर्भपतनसमेत गरेको भन्दै पीडित पक्षले असार ५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।
आरोपितले सञ्चालन गरेको रेष्टुरेण्टमा पीडित बालिका सहयोगीको रुपमा काम गर्दै आएका र आरोपितबाट बलात्कृत भएपछि गर्भ रहेको पीडित पक्षले जनायो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण असार २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।