२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले लुम्बिनी सांस्कृतिक नपा–२ भरथापुरका २५ वर्षीय शिवकुमार लोध विरुद्ध जेठ २३ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका छन् ।
पीडितलाई आरोपितले जेठ २३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षको उजुरी आएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।
राती घरमा सुती रहेको अवस्थामा आरोपित घर भित्र पसेर बलात्कार प्रयास गरेको पीडितका आफन्तले जानकारी दिनु भयो ।
घटना लगत्तै आरोपित फरार भएको र खोजी कार्य भइरहेको इन्सपेक्टर युवराजजंग कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ २३ गते भीम अस्पताल भैरहवामा गरिएको छ ।