३१ वर्षीया एक महिलालाई बलात्कार गरेको घटनाका आरोपित छाँयानाथ रारा नपा–११ का ३४ वर्षीय गडबहादुर बुढालाई प्रहरीले जेठ २२ गते गिरफ्तार गरेको छ ।
आरोपिले ०७८ भदौ २३ गते बलात्कार गरेको भन्दै पीडितले जेठ २० गते जिल्ला प्रहरी कार्यालय, मुगुमा उजुरी दिनु भएको छ ।
आफूलाई बुढाले बलात्कार गरेको र दुई पटकसम्म गर्भपतन गर्न लगाएको भन्दै पीडितको न्यायकालागि प्रहरीमा उजुरी दिएको पीडितका आफन्तले बताउनु भएको छ ।
प्रहरीले आरोपितको थप अनुसन्धानका लागि जिल्ला अदालत, मुगुबाट जेठ २३ गते १० दिनका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हुमालले जानकारी दिनु भएको छ । पीडितको जिल्ला अस्पातल, मुगुमा जेठ २० गते स्वास्थ्य परीक्षण भएको जिल्ला अस्पातलका डा. अर्जुन भामले बताउनु भयो ।
पीडितका पतिले बहुविवाह गरी कान्छी पत्नीसहित सम्पर्क बिहीन भएपछि दुई बालबालिकासहित उहाँ माइतमा बस्दै आउनु भएको थियो ।