२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका-३ विशालनगरका २४ वर्षीय अनितकुमार शाहलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई विवाहको प्रलोभन देखाएर ०७८ साउन महिनादेखि आरोपितले बलात्कार गर्दै आइरहेको र गत वैशाख १९ गते यवतीसँग विवाह गर्दिन भनेर आरोपितले धम्की दिँदै आएको खुल्न आएपछि आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएको पीडित युवतीकी आमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताइन् ।
युवतीमाथि बलात्कार भएको भन्दै पीडित पक्षले जेठ १९ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रकाश जोशीले इन्सेक प्रतिनिधीसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते सेती प्रादेशिक अस्पताल, धागढीमा गरिएको छ ।