१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानपा–११ रङ्गशालाका ५९ वर्षीय रुपनाथ ढकाललाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले खाजा खुवाउने प्रलोभन देखाएर जेठ ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनुभयो ।
बालिकालाई आरोपितले खाजा खुवाउने र साइकलमा घुमाउछु भन्दै तिनाउ खोलामा लगेर बलात्कार गरेरको र कसैलाई नभन्न धम्की दिएको पीडितले बताउनु भयो ।
उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।