१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका–५ लुङ्ग्री स्थायी घरभई बुटवल उपमहानपा–९ बस्ने २० वर्षीय शिशिर बुढाथोकीलाई जेठ ९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले प्रलोभन देखाएर जेठ ७ गते बलात्कार गरेको भन्दै पीडितले जेठ ९ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिनु भएको थियो ।
पीडितले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ ८ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।