भरतपुर महानगरपालिका वडा नं. ४ को नेपाली कांग्रेस पार्टी कार्यलयमा ०७९ जेठ ७ गते राती तोडफोड भएको छ ।
अज्ञात पक्षले गरेको तोडफोबाट कार्यालय भित्रको कुर्ची र टेवलमा क्षति पुगेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस जिल्ला समितिले घटनामा संलग्नको खोजी गरी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा जेठ ८ गते उजुरी परेको छ ।