INSEC Online

📅 २०८३ जेष्ठ २१

बेलहिया नाकाबाट तीन जना महिलाको उद्धार

२४, २२ र २१ वर्षीया तीन जना महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अवस्थामा माइती नेपालको सहयोगमा प्रहरीले वैशाख १० गते साँझ बेलहियाबाट उद्धार गरेको जनाएको छ ।

पीडित महिलाहरूलाई विभिन्न प्रलोभन देखाएर आरोपितले भारतको बाटो हुँदै बेचबिखनका लागि लैजान लागेको प्रहरीको आरोप छ ।

बुटवल उमनपा-११ मजुवाकी ३६ वर्षीया विष्णु परियार शर्मा फरार रहेकोले आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

कुवेत जान हिँडेका महिलाहरूसँग रोजगारीमा जाँदा चाहिने नागरिकता पासपोर्टलगायतका कागजात नभएको तथा आरोपित र पीडितबिच चिनजानसमेत नभएकोले बेचबिखनका लागि लैजान लागेको र रोजगारी बहाना मात्र भएको डिएसपी पाण्डेले बताए ।

अन्य

भिडियो