INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेस र एमाले कार्यकर्ता बीच झडप, एमालेका ६ जना कार्यकर्ता घाइते

गोदावरी नगरपालिका –६ बडैयामा नेपाली काग्रेसका कार्यकर्ताले  नेकपा एमालेका कार्यकर्तामाथि वैशाख २८ गते आक्रमण गर्दा झडप भएको छ ।

नेपाली कांगेस्रका कार्यकर्ताहरु वैशाख २८ गते राति गोदावरी नगरपालिका– ६ मा नेकपा एमालेबाट वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीको घर भित्र प्रवेश गरी खुकुरी प्रहार गर्दा एमालेका ६ जना कार्यकर्ताहरु घाइते भएको आरोप छ ।

नेपाली कांग्रेसका कार्यकताहरु गोदावरी नगरपालिका(६ बडेयाका नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवार जग्गु चौधरीको घरभित्र प्रवेश गरेर खुकुरी प्रहार गर्दा एमालेका कार्यकर्ता बिन्तीराम चौधरीको बाया पाखुरामा गहिरो चोट लागेको नेकपा एमाले जिल्ला सदस्य कमल रानाले बताउनु भयो ।

निर्वाचनको विषयमा छलफल भइरहेको बेलामा १५ / १६ जनाको समुहमा आएका नेपाली कांग्रेसका कार्यकर्ताहरुले वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीलाई खुकुरी प्रहार गरिहेको अवस्थामा बचाउन खोज्दा आफू लगायत बिन्तराम चौधरी, रविन चौधरी, सन्तोष सिंह, लक्ष्मी चौधरी, बसन्ती चौधरी र दिपक कठायत घाइते भएको खुकुरी प्रहारबाट घाइते भएका बिन्तीराम चौधरीले बताउनु भयो ।

खुकुरी प्रहारबाट बिन्तीरमा चौधरीको दायाँ पाखुरामा गहिरो घाउँ लागेकोले अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको र अन्य घाइतेहरुको उपचारपछि घर गएका वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीले बताउनु भयो ।

घटनामा संलग्न नेपाली कांग्रेसका कार्यकर्ताहरु फरार रहेकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, मालाखेतीका डिएसपी रबिन्द्र पाण्डेले बताउनु भयो ।

उहाँले पीडित पक्षबाट लिखित उजुरी नआएको भएपनि घटनाको अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो