नेपाली काँग्रेस पार्टीको प्रचार प्रसारमा संलग्न कालिमाटी गाउँपालिका–२ दानीगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपाली कांग्रेसबाट कालिमाटी गाउँपालिका–२ को वडा अध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिनु भयो ।
गाडी र सवारी चालक दाङ जिल्ला बबई गाउँपालिका–२ निवासी खुमबहादुर छन्तेललाई गिरफ्तार गरी थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।