जिल्लाका २४ ओटा मतदानस्थललाई स्थानीय तह निर्वाचनमा अति सुरक्षा संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ ।
जिल्ला सुरक्षा समितिको वैशाख २३ गतेको बैठकले जिल्लाका ९२ मतदान स्थल मध्ये २४ ओटालाई अतिसंवेदनशील सूचिमा राखेको हो ।
विगतको अवस्था र अहिलेको अवस्थालाई मध्यनगर गरेर २४ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएस्पी राजकुमार थिङले बताउनुभो ।
उहाँका अनुसार ९२ मतदान स्थल मध्ये २४ अति संवेदशील २७ संवेदशील र ४१ सामान्यको सूचीमा राखिएको छ ।
जिल्लमा स्थानीय तह निर्वाचनको लागि ९२ स्थानमा २ सय २३ मतदान केन्द्रहरु रहेका छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार मन्थली गनरपालिका–३ को कठजोर १० को चनखु १२ को गेलु, १३ र १४ को फुलासीलाई अतिवेदनशीलको सूचिमा राखेको छ ।
त्यसैगरी दोरम्बा शैलुङ गाउँपालिकाको गौश्वरा, लखनपुर, डडुवा सुर्के, सुनापति गाउँपालिकाको डहु, गुन्सी, दिमीपोखरी लगायतका मतदान स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।