२० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले अर्घाखाँची जिल्ला पाणिनी गाउँपालिका–८ घरभई बुटवल उप–महानगरपालिका–४ बस्ने ३५ वर्षीय जफर अलीलाई वैशाख १६ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले वैशाख ९ गते अफिसको कामका लागि लुम्बिनी गएको बेला बलात्कार प्रयास गरेको भन्दै पीडितले वैशाख १६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्सपेक्टर युवराजजंग कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।