INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेन्छयायेम गाउँपालिका–५ का ६२ वर्षीय चन्द्रराजु खापुङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले ०७९ वैशाख ११ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर छे फिञ्जो भोटेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १२ गते गरिएको छ ।

अन्य

भिडियो