१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–८ सित्तल छायाँका १७ वर्षीय बालकलाई वैशाख ९ गते गैडहवाबाट गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७८ पुस २४ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भयो ।
घटनाबारे ढिलो जानकारी पाएकोले उजुरी ढिलो आएको पििडतकी आमाले बताउनु भयो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालयका सालझण्डीका इन्सपेक्टर जगनाथ मरासिनीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।