३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सुनकोशी गाउपालिका–३ का ५२ वर्षीय खड्गबहादुर मगरलाई प्रहरीले ०७८ चैत २६ गते गिरफ्तार गरेको छ ।
स्थानीय करङ खोलाको जङ्गलमा चैत २५ गते बलात्कार गरेको भन्दै पीडितले आरोपित मगरविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २५ गते चौतारा अस्पतालमा भएको
आरोपितलाई अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालको हिरासतमा राखेको डिएसपी बस्नेतले बताउनु भयो ।