१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–११ बस्ने ४३ वर्षीय यामबहादुर कुँवरलाई चैत २३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा चैत २३ गते मौखिक उजुरी दिएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवाडाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
पीडित पक्षले चैत २४ गते आरोपितविरुद्ध लिखित उजुरी दिएका छन् ।
पीडितको स्वास्थ्य परीक्षण गह्रौ घ्याङलिङ स्वास्थ्य चौकीमा चैत २४ गते गरिएको छ ।