INSEC Online

📅 २०८३ जेष्ठ २१

आक्रमणको घटनामा गाउँपालिका अध्यक्ष तामाङ घाइते

खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङलाई ०७८ चैत २२ गते साँझ आक्रमण हुँदा घाइते भएका छन्  ।

आगामी निर्वाचनको लागि वडा अध्यक्षको टिकट सिफारिस गर्न भइरहेको छलफलमा नेपाली कांग्रेसका प्रदेश क्षेत्रीय सभापति समेत रहनु भएका गाउँपालिका अध्यक्ष तामाङमाथि नेपाली कांग्रेसकै कार्यकर्ता राजु पाख्रिनको समूहले सुरुमा पेस्तोल फायर गरेको र पछि कचौराले हान्दा अनुहारमा चोट लागेर घाइते भएका हुन् ।

Photodhading20781222

आफूमाथि ज्यान लिने गरी हमला भएको तर सचेत हुँदा जोगिएको अध्यक्ष तामाङले बताउनुभयो ।

आरोपित राजु पाख्रिनको समूहमा आएर आफूले भने अनुसार टिकटका लागि सिफारिस गर्नु पर्ने माग गरेको र आफूले स्थानीय आवश्यकता अनुसार टिकट दिनुपर्ने बताएपछि विवाद भएको अध्यक्ष तामाङको भनाइ छ ।

घाइते अध्यक्ष तामाङको सत्यदेवी स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।

आरोपित पाख्रिनलाई प्रहरीले सोही दिन राती गिरफ्तार गरी दार्खा प्रहरी चौकीको हिरासतमा राखेको छ ।

आरोपितविरुद्ध प्रहरीमा मौखिक उजुरी परेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताउनुभयो ।

अन्य

भिडियो