INSEC Online

📅 २०८३ जेष्ठ २१

पैसा चोरी गरेको आरोपमा बालकलाई निर्घात कुटपिट, प्रहरीमा उजुरी नपर्दा कारबाही हुन सकेन

धनकुटा नगरपालिका–१ हिले सिजालीटोलका १५ वर्षीय बालक अमृत मगरलाई ७० वर्षीय हजुरबुबा केशरबहादुर मगरकोटीले बाँधेर कुटपिट गरेको विषयमा प्रहरीमा उजुरी नपरेको प्रहरीले जनाएको छ ।

पीडित पक्षबाट आरोपितविरूद्ध प्रहरीमा उजुरी नपरेपनि घटनाका विषयमा प्रहरीलाई जानकारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताउनु भएको छ ।

बालकले पैसा चोरी गरेको आरोपमा चैत १७ गते हात र गोडा बाँधेर हजुरबुबाले कुटपिट गरेको विषयमा आरोपितलाई कानुनी कारबाही हुने वा नहुने इन्सेक प्रतिनिधिको जिज्ञासामा डिएसपी कार्कीले पीडित पक्षबाट आरोपितविरूद्ध उजुरी नपरेसम्म कारबाही प्रक्रिया अघि बढाउन नसकिने बताउनु भएको छ ।

पैसा चोरी गरेको आरोपमा बालकलाई चैत १७ गते हजुरबुबाले खाँबामा हात र गोडा बाँधेर सिस्नु पानी छ्याप्ने र दाउराले कुटपिट गरेको धनकुटा नगरपालिका–१ हिले सिजालीटोलकी ४२ वर्षीया चित्रमाया मगरले बताउनु भयो ।

मगरले आफूले बालकलाई कुटपिट नगर्न आग्रह गर्दा पीडकले आफूलाई समेत कुटपिट गर्न खोजेको बताउनु भयो ।

मादक पदार्थ सेवन गरेका आरोपितले नातीलाई निर्घात कुटपिट गरेपछि स्थानीयले विरोध गर्दा विरोध गर्नेहरूलाई नै खुकुरी देखाएर तर्साएपछि बालकलाई कसैले उद्दार गर्न नसकेको घटनाकी प्रत्यक्षदर्शी चित्रमाया मगरले बताउनु भयो ।

कुटपिटबाट मुखमा चोट लागेर बचाउका लागि सहयोगका मागि रहेका बालकलाई समाचार सङ्कलनमा पुगेका पत्रकारले समेत उद्दान गर्न नसकेको पत्रकार रमेशचन्द्र अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो“हामीले बालकलाई उद्दारको पहल गर्दा नशामा चुर भएका आरोपितले हामीमाथि नै खुकुरी प्रहार गर्न खोजेपछि हामीले बालकको उद्दार गर्न सकेनौँ”।

पीडित बालकका ४५ वर्षीय बाबु झमक मगर र ४१ वर्षीया आमा पबी मगर धनकुटा नगरपालिका–२ भीरगाउँमा बसोबास गरी खेतीपाती गर्दै आएका छन् ।

स्कूल जान सहज होस् भनेर बालकलाई हजुरबुबा घरमा राखिएको पीडित बालकले बताएका छन् ।

पीडित पक्षको उजुरी परेपछि आरोपितलाई कानुनी कारबाही गर्न सकिने तर समाचारको आधारमा आरोपितलाई गिरफ्तार गर्न नसकिने प्रहरीले जनाएको छ ।

कुटपिटबाट चोट लागेका बालकको उपचार हुन सकेको छैन ।

नेपालको संविधान २०७२ ले धारा ३९ मा बालबालिकाको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ ।

सोही धाराको उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनि उल्लेख गरिएको छ ।

rf]/L cf/f]kdf xft v'66f af“w]/ oftgf lbOPsf wgs'6f ! l;~hfnL 6f]nsf afns cd[t du/ . tl:a/M /d]zrGb| clwsf/L÷sflGtk'/
rf]/L cf/f]kdf xft v’66f af“w]/ oftgf lbOPsf wgs’6f ! l;~hfnL 6f]nsf afns cd[t du/ . tl:a/M /d]zrGb| clwsf/L÷sflGtk’/

अन्य

भिडियो