INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखनका आरोपित गिरफ्तार

२२ वर्षीया र २३ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै किर्गिस्थान लैजाँदै गरेको अवस्थामा थ्री एन्जल्स नामक संस्थाको सहयोगमा प्रहरीले बेलहिया नाकाबाट चैत २४ गते दिउँसो उद्दार गरी दुई जना आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।

आरोपितद्वयले पीडित महिलाद्वयलाई विभिन्न प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ ।

घटनाको आरोपमा धादिङ भुमेस्थानकी ३३ वर्षीय सरीता तामाङ र भारतको राजस्थानका ४० वर्षीय श्यामसुन्दर शर्मालाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सई लक्ष्मण बिकले बताए ।

किर्गिस्थान जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकता केही पनि नभएको र आरोपितसँग राम्ररी चिनजानसमेत नभएकोले बेचबिखनका लागि लैजान लागेको उनले बताए ।

अन्य

भिडियो