२२ वर्षीया भाई बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय जेठाजुलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर विष्टले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी चैत १४ गते जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी विष्टले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १३ गते जिल्ला अस्पताल, सिमखेतमा गरिएको छ ।