INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै गोलबजार नपा–१० का ३८ वर्षीय दशैया भन्ने खडकबहादुर आलेलाई जिल्ला अदालत सिरहाले चैत १३ गते १० वर्ष कैद तथा ५० हजार रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ ।

न्यायाधीश रोमनाथ अधिकारीको इजलाशले सो फैसला गरेको हो ।

पीडित बालिकालाई आरोपितले गत असोज १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा असोज २८ गते उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २८ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय गोलबजारले आरोपितलाई असोज २८ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतले आरोपितलाई कात्तिक २३ गतेदेखि पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

अन्य

भिडियो