२५ वर्षीया महिलालाई बलात्कार गरी २२ वर्षदेखि फरार रहेका कसुरदार भीमदत्त नगरपालिका–१० का ४४ वर्षीय किशन महरालाई प्रहरीले घरमा लुकिछिपी बसेको अवस्थामा चैत १३ गते गिरफ्तार गरेको छ ।
जिल्ला अदालतले कसुर ठहर गरी कैद सजायको फैसला सुनाएको भएपनि कसुरदार फरार रहेकाले २२ वर्ष पछाडि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
०६४ साल जेठ १६ गते जिल्ला अदालतको फैसला अनुसार महरालाई तीन वर्ष कैद सजायको फैसला भएकोले कसुरदारलाई चैत १३ गते जिल्ला अदालतमा पेस गरी सजाय भुक्तानीका लागि कारागार चलान गरिएको डिएसपी शाहले बताउनु भयो ।
०५६ माघ २१ गते पीडितलाई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित महरा विरुद्ध जिल्ला प्रहरी कार्यालयमा माघ २२ गते उजुरी दिएका थिए ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत ०५६ फागुन १७ गते आरोपित विरुद्ध जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदातलमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०५६ माघ २३ गते महाकाली अस्पतालमा भएको थियो ।