३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेखको चामुण्डा गाउँपालिका–४ घर भई मन्थली नगरपालिका–१ निवासी ३७ वर्षीय रुकुम बुढालाई प्रहरीले चैत ८ गते गिरफ्तार गरेको छ ।
पीडितलाई ०७८ चैत ७ गते रामेछाप नगरपालिका–८ कालीआँपको बाख्रा फार्ममा चिया खान जाऊँ भनी लगेर गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कार गरेपछि कसैलाई भने ज्यान लिने धम्की दिएको भन्दै पीडित पक्षले ०७८ चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि मन्थली नगरपालिका–१ भैसेश्वरबाट गिरफ्तार गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते मन्थली अस्पतालमा गरियो ।