१५ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी नयाँनयाँ ठाउँ घुमाउने बाहनामा पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते बहादुरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरीलाई बीरगंज महानगरपालिकाको वडा नं १३ राधेमाइबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले चैत ६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका बुबाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते बीरगंजको नारायणी असपतालमा भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।