१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका फरार आरोपित चौतारा सागाचोकगढी नगरपालिका–७ का ३१ वर्षीय रामबहादुर भारतीलाई प्रहरीले ०७८ चैत ७ गते दिउँसो ललितपुर महानगरपालिका–१३ कुसुन्तीबाट गिरफ्तार गरेको छ ।
आरोपित भारतीलाई प्रहरीले चैत ८ गते जिल्ला अदालतमा पेस गरेकोमा अदालतको आदेशले सोही दिन पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताउनु भयो ।
घटनाका आरोपित सहित तीन जनाले ०६६ असोज १७ गते बालिकालाई सामूहिक बलात्कार गरेका थिए ।
घटनाका संलग्न अन्य दुई जना भने अदालतले तोकेको १० वर्षको कैद सजाय भुक्तान गरी सकेका छन् ।
