INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार


पोखरा महानगरपालिका –१२ शितलादेवी बस्ने ६७ वर्षीया नौंमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय छोरा ओमबहादुर नेपाली र मादी गाउँपालिका–५ घर भइ हाल पोखरा महानगरपालिका –१२ बस्दै आएका ३७ वर्षीय कुमार गुरुङलाई चैत ५ गते गिरफ्तार गरेको छ ।

मृतकलाई आरोपित नेपालीले घडेरी बेच्ने विषयमा असहमती भएपछि अर्का आरोपित गुरुङमार्फत चैत ३ गते घाँटी थिचेर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

Promo-03

आरोपितहरुविरुद्ध मृतकका अर्का छोरा पोखरा महानगरपालिका–१२ माटेपानी बस्ने टेक बहादुर नेपालीले चैत ४ गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितविरुद्ध जिल्ला अदालत कास्कीमा कर्तव्य ज्यान सम्बन्धी शीर्षक अन्तरगत मुद्दा दर्ता गरी ६ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

शवको पोष्टमार्टम चैत ५ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

अन्य

भिडियो