INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा आठ महिना कैद सजायको फैसला

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश गिरीराज गौतमको चैत १ गतेको इजलासले कसुर गरेको ठहर गर्दै ६ महिना कैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी अर्जुनप्रसाद गुरागाईँले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

कैद सजायसँगै कसुरदारबाट १० हजार रुपियाँ जरिबाना र पीडितले पाउने गरी २५ हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको सूचना अधिकारी गुरागाईँले बताउनु भयो ।

पीडित बालिकालाई आरोपित ०७८ कात्तिक १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले १७ वर्षीय बालकविरूद्ध कात्तिक १५ गते इलाका प्रहरी कार्यालय अनारमुनीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी जिल्ला अदालतमा मङ्सिर ५ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको मङ्सिर ६ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा गएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण मेची अस्पतालमा ०७८ कात्तिक १५ गते गरिएको थियो ।

अन्य

भिडियो