नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छ्थर गाउँपालिका–१ का ५० वर्षीय साङ्गे शेर्पालाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको फागुन २९ गतेको इजालसले कसुर ठहर गर्दै २५ वर्ष कैद सजायसँगै ४० हाजिर रुपियाँ जरिबानाको फैसला गरेको अदालका श्रेस्तेदार पारसमणि पोखरेलले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले ०७८ असार २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार २४ दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई असार २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा साउन २१ गते बलात्कार शीर्षकमा मुद्दा गरेको थियो ।
जिल्ला अदालतको ०७८ भदौ ३ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २४ गते गरिएको थियो ।